दशैं सकिएपछि हवाई भाडा सार्वजनिक

काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा सार्वजनिक गरेको छ । प्राधिकरणले तोकेको नयाँ भाडा अनुसार काठमाडौंदेखि विराटनगरको भाडा ९ हजार ७८५ छ भने काठमाडौं–भरतपुरको ४ हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२ रूपैयाँ भाडा तोकिएको छ ।

त्यस्तै काठमाडौंदेखि जनकपुरको भाडा ५ हजार ४७० रूपैयाँ तोकिँदा काठमाडौं–पोखरा ६ हजार ६३५, काठमाडौं–नेपालगन्जको १३ हजार १०३, काठमाडौं–धनगढीको १७ हजार ५७९, काठमाडौं–सिमराको ३ हजार ९७८, काठमाडौं–भैरहवाको ८ हजार ४६१, काठमाडौं–राजविराजको ८ हजार २१०, काठमाडौं–सुर्खेतको ९ हजार ३० र काठमाडौं–तुम्लिङ्टारको ७ हजार ६३० रूपैयाँ भाडा तोकिएको छ ।

चाडपर्वको बेला हवाई कम्पनीहरूले विभिन्न गन्तव्यमा जाने यात्रुसँग चर्को भाडा लिएको गुनासो आएपछि प्राधिकरणले भाडादर तोकेको जनाएको छ । यद्यपि प्राधिकरणले पनि भाडादर खासै घटाउन नसकेको गुनासो छ । तोकिएभन्दा बढी रकम लिएर टिकट विक्री गरेको पाइएमा कानूनअनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर