नेप्सेमा ११.५१ अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

काठमाडौं । दशैं छुट्टी हुन ठीक एक दिन अगाडि आज आइतबार सेयर बजार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१४ कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९३ करोड माथिको सेयर कारोबार भएको छ।

आज यूनियन हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड रुपैयाँ र शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, भगवति हाइड्रोपावरका लगानीकर्ताले ७.७८ प्रतिशत र यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।

सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये आज १७० कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर