आज शुक्रबार सुनचाँदीको भाउमा नयाँ रेकर्ड

काठमाडौं । हिजो बिहीबार सुनको प्रति तोला १७ सय रुपैयाँ घटेकोमा आज शुक्रबार तोलामा १२ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार सुन प्रति तोला २ लाख २१ हजार ३ सय रुपैयाँ थियो भने आज शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सय पुगेको छ । सुनको मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको भाउमा पनि आज शुक्रबार प्रति तोला ५५ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रति तोला २ हजार ६ सय ८५ रुपैयाँ रहेको आज शुक्रबार २ हजार ७ सय ४० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि हालसम्मकै उच्च हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर