आज बुधबार सुन तोलाको २ लाख २३ हजार पुग्यो
काठमाडौं । आज बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा तुलनामा सुनको मूल्य १३ सय रुपैयाँ बढेको हो।
महासंघका अनुसार हिजो मंगलबार सुनको मूल्य प्रति तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको थियो आज बुधबार सुन तोलाको २ लाख २३ हजार पुगेको र यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो ।
यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। हिजो मंगलबार तोलाको २ हजार ६ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बुधबार २७ सय पुगेको छ । यसरी आज चाँदी तोलामा ४० रुपैयाँ वृद्धि भएको हो ।
प्रतिक्रिया
