सुन प्रति तोलाको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ

काठमाडौं ।  सुनको मूल्य लगातार वृद्धि भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो  मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ।

महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६ सय ८० रुपैयाँ पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर