आज आइतबार सुनमा १७ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन तोलाको २ लाख १७ हजार १ सय कायम भएको छ । अस्ति शुक्रबार सुन तोलाको २ लाख १६ हजार पुगेको थियो । यसरी अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुन तोलामा १७ सय रुपैयाँ वृद्धि भएको हो ।
यस्तै, आज आइतबार चाँदीको मूल्यमा पनि प्रति तोला ४० रुपैयाँ वृद्धि एको छ । आज आइतबार चाँदी तोलाको २ हजार ६ सय २० रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार चाँदी तोलाको २ हजार ५ सय ८० रुपैयाँ थियो ।
प्रतिक्रिया