आज बुधबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर