साफ यू–१७ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं ।  श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा आज भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा दुवै गोल समिर कुमारले गरे ।

उनले खेलको ५२औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । खेलको दोस्रो हाफको ‘इन्जुरी’ समयको तेस्रो मिनेटमा समिरले गोल गर्दै नेपाललाई २–० को जित दिलाए । नेपालले अब दोस्रो खेल आगामी असोज २ गते बङ्गलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर