सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। सोमबार सुन  तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर