नेप्सेमा ३८.१० अंकको गिरावट

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ को विन्दुमा आएको छ । नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ९५ लाख माथिको सेयर कारोबार भएको छ ।

आज विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । ओरन्टेल होटलका लगानीकर्ताले आज सर्वाधिक ४.७१ प्रतिशतका दरले गुमाएका छन् । यस्तै लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ६५ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दास्रोमा हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्ट्रिलरीको ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर