आज आइतबार सुनमा २३ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रति तोला २ हजार ३ सयले वृद्धि भएको हो ।
मूल्यवृद्धिखनुसार आज सुन तोलाको १ लाख ९७ हजार ५ सय पुगेको महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको १ लाख ९५ हजार २ सय थियो । त्यस्तै आज आइतबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । आज आज आइतबार मूल्यवृद्धि भएर २ हजार ३ सय ५० कायम भइ कारोबार भइरहेको छ । अस्ति शुक्रबारको दिन चाँदी प्रति तोलाको मूल्य २ हजार ३ सय १० रहेको थियो ।
प्रतिक्रिया