आज बुधबार सुनमा १६ सय चाँदीमा ४५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदी प्रतितोला २२ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २३०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया