आज मंगलबार सुनमा १२ सय र चाँदीमा १५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो ।
आज मंगलबार छापावाल सुनको तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार २ हजार ३ सय १५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया