भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको भदौ महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् ।  २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।

साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेको थियो । भदौ महिनाको लागि घटेर ५.५७ प्रतिशतमा कायम भएको छ ।

यस्तै, साउनको तुलनामा भदौमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईसहित ८ बैकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छ । प्रभु बैंकले ब्याजदर वृद्धि गरेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दबाब दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर  (प्रतिशत)

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ५.४ ५.२
एभरेस्ट ६.२५ ५.७५
नेपाल ५.४ ५.४
लक्ष्मी सनराइज ५.५ ५
माछापुच्छ्रे ६ ६
एनआईसी एसिया ६.२५ ६.२५
प्रभु ४.२५ ५.३५
स्टान्डर्ड चार्टड ६.२६ ५.१३
राष्ट्रिय वाणिज्य ५.५ ५.५
नबिल ५.५ ५.५
ग्लोबल आईएमई ६ ६
सिद्धार्थ ५.७५ ५.५
प्राइम कमर्सियल ६ ६
कुमारी ५.४१ ५.२१
सानिमा ६.१८ ५.७५
हिमालयन ६ ६
नेपाल एसबीआई ५.३५ ५.२५
इन्भेस्टमेन्ट मेगा ५.२५ ५.२५
एनएमबी ६ ६
सिटिजन्स ५.५ ५.५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर