भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुको भदौ महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।
साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेको थियो । भदौ महिनाको लागि घटेर ५.५७ प्रतिशतमा कायम भएको छ ।
यस्तै, साउनको तुलनामा भदौमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईसहित ८ बैकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छ । प्रभु बैंकले ब्याजदर वृद्धि गरेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दबाब दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशत)
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्टान्डर्ड चार्टड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |
