नेप्सेमा आज बिहीबार २.६२ अंकले वृद्धि

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  बिहीबार २.६२ अंकले बढेको छ । नेप्से ०.०९ प्रतिशतले बढेर परिसूचक २७८८.२६ विन्दुमा पुगेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरमा ३२० वटा कम्पनीको शेयर ७६ हजार ५४२ पटक किनबेच भएको छ । १३ समूह मध्ये विकास बैंक, लगानी समूह, उत्पादन तथा प्रशोधन, अन्य समूह र ट्रेडिङ समूह बढेको छ भने बाँकी अन्य समूह घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर