आज सुनमा १ सय र चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं ।   आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनतोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको मूल्य प्रति तोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी २३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर