आज सुनमा १ सय घट्यो भने चाँदीमा २० रुपैयाँ बढ्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ। हिजो मंगलबार प्रतितोला १,३०० रुपैयाँले घटेको सुनको भाउ आज थप १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो।

यस्तै, आज  बुधबार चाँदीको मूल्य भने बढेको छ। हिजो मंगलबार प्रतितोला २,३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २,३२५ रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर