आज सुन तोलामा १३ सय र चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । सप्ताहको आज तेस्रो दिन मंगलबार हिजो सोमबारको तुलनामा सुन प्रति तोलामा १३ सय सय रुपैयाँ घटेको छ ।
आज मंगलबार सुनको भाउ प्रति तोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुन तोलाको १ लाख ९८ हजार १ सय रुपैयाँ थियो । त्यस्तै, आज मंगलबार चाँदी तोलामा भने १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको २३ सय ०५ रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदी तोलाको दुई हजार ३ सय १५ रुपैयाँ थियो ।
प्रतिक्रिया