नेप्से परिसूचक २७.९० अंकको गिरावट

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको छ। नेप्सेमा यसदिन ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक ५३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रि इन्स्योरेन्सको ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ३६ करोड ६० लाख रुपैयाँ र शाहस उर्जाको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज रिभर फल्स पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले ६.८७, बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.४७ र सिद्धार्थ बैंकका लगानीकर्ताले २.३५ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर