आज सुन तोलामा २ सय घट्यो, चाँदीमा भने ५ रुपैयाँ बढ्यो

काठमाडौं ।  सप्ताहको पहिलो दिन आज आइतबार अस्ति शुक्रबारको तुलनामा सुन प्रति तोला दुई सय रुपैयाँ घटेको छ । अस्ति शुक्रबार हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ९९ हजार ४ सय पुगेको थियो ।

आज आइतबार सुनको भाउ प्रति तोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज आइतबार चाँदी तोलामा भने ५ रुपैयाँ बढेको छ । अस्ति शुक्रबार चाँदी प्रति तोला २ हजार ३ सय २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर