सुन तोलामा १ हजार र चाँदीमा १० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा हिजो बिहीबार स्थिर सुनको मूल्य आज शुक्रबार तोलामा १ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कायम भएको छ । हिजो बिहीबार सुन तोलाको १ लाख ९८ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, आज शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य प्रति तोला २३ सय २५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी प्रति तोला २३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
