आज बिहीबार सुनमा ८ सय र चाँदीमा ४० रुपैयाँ घट्यो

काठमाडौं । हिजो बुधबार सुन प्रति तोला १४ सयले बढेको मूल्य आज बिहीबार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज बिहीबार सुन प्रति तोको १ लाख ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो बुधबार स्थानीय बजारमा सुन प्रति तोला १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज बिहीबार चाँदी प्रति तोलाको २२ सय ७० रुपैयाँ कायम भएको छ भने हिजो बुधबार चाँदी तोलाको २३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया