आज सुन तोलामा १३ सय र चाँदीमा ५० रुपैयाँ घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा छापावाल सुन तोलामा १३ सय रुपैयाँ घटेको छ । अस्ति शुक्रबार तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ मूल्य भएकोमा आज १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज आइतबार चाँदी तोलामा पनि ५० रुपैयाँ घटेको छ । अस्ति शुक्रबार प्रति तोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
प्रतिक्रिया