सुन तोलामा ५ सय घट्यो भने चाँदीमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य पुनः घटेको छ। हिजो बिहीबार प्रति तोला २४ सय रुपैयाँले घटेको सुन आज पुनः ५ सय रुपैयाँले घटेको हो। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन प्रति तोला १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार एक तोला सुनको १ लाख ९५ हजार २०० रुपैयाँ थियो। आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। आज शुक्रबार चाँदी प्रति तोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३ सय ३५ रुपैयाँ थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर