नेप्सेमा ८०.९७ अंकको वृद्धि, २० अर्ब ८ करोड माथिको कारोबार

काठमाडौं ।  साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।

आज ट्रेड टावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, शिवम् सिमेन्ट र सान्भी इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् ।

एलबिबिएल डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ३.९४ प्रतिशतका दरले गुमाए। यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ र हिमालयन इन्स्योरेन्सको ५६ करोडको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर