सेयर कारोबारी दीपेन्द्र अग्रवाल ठगी मामिलामा पक्राउ

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी मामिलामा प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार एक पीडितले अग्रवालले करिब २२ करोड रुपैयाँ ठगी गरेको प्रहरीको टोल फ्री नम्बरमा सूचना दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । दीपेन्द्रलाइ सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको आरोप लाग्दै आएको थियो ।

अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने, त्यो खातामार्फत आफैं खरिद–बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएको आरोप लागेको छ । उनीविरुद्ध भुक्तानी नदिने र आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने गरेको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर