नेप्से परिसूचक ७५.८४ अंकले वृद्धि, साढे १६ अर्बको कारोबार

काठमाडौ । सरकारले शेयर बजारलाई थप प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको पहिलो दिनको शेयर कारोबारमा उत्साह छाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेका व्यवस्थाहरु आजैबाट कार्यन्वयनमा आएका छन् । यसले लगानीकर्तामा उर्जा थपेपछि नेप्से सूचक ७५.८४ अंकले बढेको छ भने साढे १६ अर्ब बराबरको शेयर किनबेच भएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम करिब ११ महिनायताकै उच्च हो। शेयर बजारमा गत भदौ यताकै उच्च कारोबार भएको हो ।यसअघि भने २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । गत वर्षको साउन ३१ मा शेयर बजारमा कुल २९ अर्ब ३० करोडको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको थियो।

बिहीबार कारोबारसँगै सूचकमा पनि उत्साह छाएको छ । आज शेयर बजार सूचक नेप्से ७५.८४ अंक अर्थात् २.७१ प्रतिशतले बढेर २८७०.६३ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ३४.६१ अंकले र मंगलबार ३४.४६ अंकले बढेको थियो । बिहीबार नेप्सेमा कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको घटेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको एकाइ मूल्य यस दिन सर्वाधिक ७.५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड नाघेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर