आज मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सेयर बजार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा कायम भएको छ । नेप्सेमा आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.०८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, राप्ती हाइड्रो एन्ड जनरलका लगानीकर्ताले ५.८६ प्रतिशत र विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।
भगवती हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.६४ प्रतिशतका दरले गुमाए । यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भयो । दोस्रोमा निफ्रा ग्रिन इनर्जी डिबेञ्चर ५० करोड ५१ लाख रुपैयाँको कारोबार हुँदा राधि विद्युत कम्पनीको ४३ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।