नेप्सेमा २५.८९ अंकको वृद्धि, साढे ९ अर्ब माथिको कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ ।

आज माई खोला हाइड्रोपावरका लगानीकर्ताले  सर्वाधिक ८.१५ प्रतिशतका दरले कमाएका छन् । यस्तै, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन एनआरएनको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख रुपैयाँ र तेस्रोमा सानिमा बैंकको २६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यस कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर