आजदेखि सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि सरकारले आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै इडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेत सबै सेवा प्रभावित भएको जानकारी दिएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा  ‘सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (इडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ’, उल्लेख छ।

विभागले प्रणालीमा आएको समस्याको समाधानका लागि काम भइरहेको उल्लेख गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द रहने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर