नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब ६४ करोडको कारोबार

काठमाडौं ।  साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ र समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भयो । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँ र तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर