पृथ्वी राजमार्गको कृष्ण भिरमा यातायात एकतर्फी

काठमाडौं ।  पहिरोले कृष्ण भिरमा पृथ्वी राजमार्ग चर्किएर भासिँदा सवारी एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । सडक निर्माणका क्रममा माइक्रो-पाइलिङ्ग प्रविधिबाट फलामे बिम राखिसकेको र रक याङ्करीङ्गका लागि भारतबाट फलामे डण्डी ल्याउनुपर्ने भएकोले काम केही ढिलो भएको सडक विभागले जनाएको छ ।

अब भने स्थायी रुपमै स्टेबल हुने प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको सडक विभागले जनाएको छ । पानी पर्ने क्रम सुरु भएसँगै पहिरोले फेरि दु;ख दिन सक्ने भएकोले काम तीव्र रुपमा सम्पन्न गर्न धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निर्देशन दिएको छ ।

अहिले कृष्ण भिरमा पहिरो रोकथामका लागि पहिलो चरणको काम भैरहेको बताउँदै असार महिनामै पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य रहेको प्राविधिकहरुको भनाइ छ । लामो समयको प्रयासपछि पहिरो रोकथाम गरेकै स्थानमा पुनः २० वर्षपछि पहिरो जान सुरु भएको हो ।

करिव ८० मिटर क्षेत्रमा पहिरो जान सुरु गरेकोले यस क्षेत्रमा माइक्रो-पाइलिङ्ग प्रविधिबाट पहिरो रोकथामको काम अघि बढाइएको हो । फलामे बिम राखी सकेको र ३० मिटर होराइजेन्टल ड्रिलिङ्ग गरी जमीन मुनिको ढुङ्गामा याङ्करीङ्ग गर्ने तयारी भइरहेको छ । काम सकिएसँगै अब कृष्ण भिरमा पहिरो जान रोकिने विज्ञहरुले बताएका छन् ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर