कृषिमन्त्री अधिकारी भन्छन्, मलको हाहाकार भइरहन्छ!!!

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् ।
गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको उनले बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउन सक्ने स्थिति नरहेको उनले बताए । उधारो दूध वर्षौँदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो समेत गरे । मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमालगायतका धेरै समस्याहरु रहेको समेत बताए ।
प्रतिक्रिया