आज सोमबार सुनको भाउ स्थिर, चाँदी महँगियो

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनको भाउ स्थिर रहेको छ। आइतबार प्रति तोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज पनि एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रति तोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रति तोला दुई हजार एक सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर