ग्वार्को ओभर पास सर्वसाधारणका लागि खुला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौैं चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को ओभर पासको आज उद्घाटन गरेका छन् ।
नवनिर्मित ओभर पासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड ६ लाख ८८ हजारमा आशीष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो ओभर पास नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।
प्रतिक्रिया