आज शुक्रबार सुनमा ८ सय र चाँदीमा ५० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। हिजो बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बिहीबार सुन प्रति तोला एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि घटेको छ। हिजो बिहीबार चाँदी प्रति तोला दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ घटेको हो।
प्रतिक्रिया