आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले सस्तो भएको छ । आज बिहीबार चाँदी तोलाको २ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी तोलाको २ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया