रवीन्द्र मिश्र तीन लाख धरौटीमा छुटे

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । हिजो सोमबार थुनछेकको बहस सकिएपछि मिश्रलाई धरौटीमा छाड्ने आदेश भएको उनले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रले तीन लाख बुझाएको छ । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध सरकारले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुने माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर