नेप्से ३ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं ।  आज सेयर बजार परिसूचक सामान्य अंकले घटेको छ । अघिल्ला दुई दिन सामान्य बढेको सेयर बजार आज ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ विन्दुमा पुगेको हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ६७ अंकले घटेर ४५२ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि भारी गिराट आएको छ । आज अघिल्लो दिनको भन्दा साढे ५ अर्ब भन्दा बढीले कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड ६८ लाख ४५ हजार ७५२ रुपैयाँको सेयर कारोबार भएको थियो भने आज ७ अर्ब ६५ करोड ३२ लाखद ४९ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अघिल्लो दिनको भन्दा ५ अर्ब ५३ करोड ३५ लाख ९६ हजार ४३० रुपैयाँले कारोबार रकम घटेको छ । आज सेयर बजारमा ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७० हजार ७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।  आजको कारोबार बन्द हुँदा सेयर बजारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर