मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, कुबेती दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा थियो। कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ११ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०६ पैसा थियो।