नेपालले उपभोक्ता मान्छेबाहेक अरू निर्यात गर्न सकेन : देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले उपभोक्ता मान्छेबाहेक अरू निर्यात गर्न नसकेको बताएका छन्। कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सीमा नाकामा नेपाली नागरिकलाई धेरै दुःख दिन नहुने बताए।

‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई,’ देउवाले भने, ‘खासगरी उपभोक्ता मान्छेबोहक केही निर्यात नै छैन यहाँबाट। त्यस्तो अवस्था छ। अरू केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ।’

उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने भन्दै उनले व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गरे। नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने देउवाको भनाइ छ। नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउँदै उनले हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर