दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा

काठमाडौं ।  तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ । आज मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दैछन् ।

यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए । रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् ।

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–१ सिमपानी घर भएका गौतम तीनकुनेमा घर आगजनीमा संलग्न थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका  ५० जना प्रतिवादीहरूमध्ये प्रसाईँसहित ३९ जना थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर