इन्जिनियरहरूले १५ लाखसम्म बिना धितो ऋण पाउने

काठमाडौं । इन्जिनियरहरूले अब १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने भएका छन् । इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इन्जिनियर एसोसिएसन (एनईए) ले आफ्ना सदस्यहरूले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण लिन पाउने गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैँक (एनआईएमबी) सँग सम्झौता गरेको हो ।
सदस्य इन्जिनियरहरूको हक हितका लागि बिहिबार (२२ जेठ) उक्त सम्झौता गरिएको एसोसिएसनका सचिव इन्जिनियर माधव अधिकारीले जानकारी दिए । सम्झौताअनुसारको सुविधाएसोसिएसनका सदस्य तथा निरन्तर नवीकरण गरेका सदस्यहरूले पाउनेछन् । सदस्यहरूले बैँकमा शून्य रकममा खाता खोलेर कारोबार सुरु गर्नुपर्ने उनले बताए । खाता खोल्ना साथ कम्तीमा २५ हजार रुपैयाँ रहेको क्रेडिट कार्डसमेत उपलब्ध हुने गरी सम्झौता भएको छ ।
प्रतिक्रिया