डिआइजी घिमिरेलाई नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी

काठमाडौं ।  नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर