सर्वोच्चको आदेशपछि माओवादीको पदाधिकारी बैठक

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतले गरेकोआदेशपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी बैठकमा सर्वोच्चकोआदेशलगायत समसामयिक घटनाक्रमबारे छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
बुधवार मात्रै सर्वोच्च अदालतले १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषणको आदेश जारी गरेको थियो । सो आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।
प्रतिक्रिया