प्रतिनिधिसभाको बैठक नबस्दै भोलिलाई स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा उत्पन्न अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षीहरुले अडान लिएपछि सभामुख घिमिरेले बोलाएको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
बैठकमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि सारिएको छ। आज बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडान लिएपछि पटक–पटक सारिँदै आएको छ । आज बिहान ११ बजेपछि १ बजे सारिएको बैठक १ बजे पनि बैठक बस्न सकेन। त्यसपछि दिउँसो ३ः१५ का लागि संसद् सचिवालयले सूचना टाँस गरेर सारेको बैठक अझै सुचारु हुन सकेन भने । बैठक पुनः भोलि बिहीबार १ बजेसम्मका लागि स्थगन गरिएको सभामुखको सचिवालयले जनाएको छ।