प्रतिनिधिसभाको पूर्ण बैठकमा मात्रै स्पष्टीकरण दिने गृहमन्त्री लेखकको अडान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको पूर्ण बैठकमा मात्रै आफूले भिजिट भिसा प्रकरणमा जवाफ दिने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बुधबार बसेको बैठकमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले संसदमा बोल्ने वातावरण बनाइदिन आग्रहसमेत गरे ।

उनले समितिका साथीहरूलाई मात्रै जवाफ दिएर नहुने भएकाले संसद् अवरोध खुले त्यहीँ जवाफ दिने बताए । ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरू, कर्मचारीहरू र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो। यो जिज्ञासा समितिका मात्रै साथीहरुको  मात्रै भएको भए  जवाफ दिएर जान्थेँ, अरू साथीहरुको पनि जिज्ञासा भएकाले हाउसमा बोल्न पाउँ, उठेका सबै प्रश्नको जवाफ दिन्छु’, गृहमन्त्री लेखकले भने ।

भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्ने नदिने अडान विपक्षीहरूले राख्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर