जापान र भारतकोसहित तीन वटा कम्पनी कालोसूचीमा

काठमाडौं ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा जापान र भारतको एक/एक गरी दुई वटा विदेशी तथा नेपाली एउटा निर्माण कम्पनी रहेको छ ।

सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर जनाएको छ ।कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना, कैलालीको सिफारिशमा मरुशिन शिताकालाई र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय इकाइ, ललितपुरको सिफारिशमा पीएच–एसएमएनएस जेभी र शंकरमाली निर्माण सेवालाई कालोसूचीमा राखिएको हो ।

मरुशिनलाई दुई वर्ष र र पीएच–एसएमएनएस तथा शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर