सहमति भएपनि सार्वजनिक यातायात नचल्दा यात्रुलाई सास्ती

काठमाडौं । संघीय सरकार र यातायात व्यवसायीबीच सोमबार साँझ ६ बुँदे सहमति जुटे पनि मंगलबार पनि सडकमा सार्वजनिक सवारी साधन नचलेपछि यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ । सरकारसँग सहमतिमा पुगेको भए पनि गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन नगरेसम्म आन्दोलन नरोकिने भन्दै व्यवसायीले सवारी सञ्चालन रोकिराखेका हुन् ।
सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच निजी सवारीसाधनले यात्रु ओसारपसार गर्न पाउने गण्डकी प्रदेशको नियमावली स्थगन गरिने सहमति भइसकेको छ । सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी सरकारलाई पत्राचार गरिनेछ । तर मंगलबार बिहानसम्म उक्त प्रक्रिया अगाडि नबढेकाले आन्दोलन यथावत् रहेको महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए ।
प्रतिक्रिया