आज मंगलबार सुन तोलामा २९ सय र चाँदीमा ५५ रुपैयाँ वृद्धि

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा एकैचोटी २९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबारका लागि छापावाल सुनको प्रति तोला १ लाख ९२ हजार ७ सय तोकेको छ । हिजो सोमबार सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज मंगलबार चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको दुई हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदी प्रति तोला १ हजार ९ सय ९० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर